• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार सुदुरपश्चिम

    ३५ वर्षीय बाबुले गरे आफ्नै १२ बर्षिया छोरीमाथि बलात्कार

    2.7K
    SHARES



    काठमाडौँ। अछाममा एक बाबुले आफ्नै नाबालिग छोरीमाथि बलात्कार गरेका छन् ।

    जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर १४ कालागाउँमा ३५ वर्षीय बाबुले आफ्नी १२ बर्षिया छोरीलाई बलात्कार गरेका हुन् ।

    नाबालिग छोरी बलात्कारको आरोपमा ३५ वर्षीय बाबुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिएका छन् ।

    उनका अनुसार शनिवार दिउँसो अन्दाजी ३:३० बजेको समयमा नावालिकामाथी आफ्नै बाबुले घरभित्रै करणी गरेका थिए । नावालिग छोरीमाथि बलात्कार भएको आमाले थाहा पाएसँगै स्थानीय मार्फत घटनाबारे प्रहरीलाई खबर भएको थियो ।

    घटनाबारे खबर पश्चात् शनिवार साँझै बाबुलाई नियन्त्रणमा लिइएको र म्याद थप गरि थप अनुसन्धान भईरहेको बताईएको छ । बलात्कृत नाबालिगको शनिवार नै स्वास्थ्य परीक्षण गरिएको र प्रारम्भिक अनुसन्धान अनुसार उनीमाथि बलात्कार भएको देखीएको पाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ