• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    विद्यार्थीलाई गोली हान्ने शिक्षक निलम्बित

    2.1K
    SHARES



    ढाका । बङ्गलादेशमा मेडिकल कलेजका एक जना शिक्षकलाई निलम्बन गरिएको छ ।

    कक्षामा पढाई भइरहेको समयमा भनाभन भएपछि शिक्षकले बन्दुक निकालेर आफ्नै विद्यार्थीको घुँडामा गोली हानेका थिए ।

    राइहान शरिफ उत्तर-पश्चिम बंगलादेशको सिराजगञ्जस्थित एक मेडिकल कलेजका लेक्चरर हुन् । कक्षाकोठामा विद्यार्थीमाथि गोली हानेको दुई दिनपछि उनलाई निलम्बित गरिएको समाचारमा भनिएको छ ।

    स्थानीय सञ्चार माध्यमका अनुसार यो घटना गएको सोमबारको हो । त्यतिबेला डा. शरिफले विद्यार्थीहरूको मौखिक परीक्षा लिइरहेका थिए । अरफात अमिन तोमाल नाम गरेका २३ वर्षका एक विद्यार्थीसँग उनको चर्काचर्की भयो । रिसको झोका उनले बन्दुक निकालेर विद्यार्थीको दाहिने घुँडामा बन्दुक हाने ।

    तर सौभाग्यले गोलीले उनलाई गम्भीर चोट लागेन । यो घटना भएको समयमा कक्षामा ४५ जना विद्यार्थी थिए । प्रहरी नआइपुग्दासम्म विद्यार्थीहरुले नै शरिफलाई कक्षा कोठामा थुनेर राखे । अनि आफ्नो सहपाठीको मद्दत पनि गरे ।

    प्रहरीले खनतलासीको क्रममा शरिफको झोलाबाट एउटा बन्दुक, एक थान पेस्तोल, ८१ ओटा गोली र चार ओटा म्याजिन, २ ओटा चक्कु र १० ओटा ड्र्यागर भेटेका थिए । शरिफले अरु बेलामा पनि विद्यालय आउँदा बन्दुक ल्याउने गरेका थिए ।

    उनले बेला बेलामा साथमा भएका हतियारहरु देखाउने गरेको प्रहरीले विज्ञप्तिमा भनेको छ । शरिफलाई तत्कालै बर्खास्त गर्नु पर्ने भन्दै कलेजका विद्यार्थीहरूले प्रदर्शन पनि गरेका थिए । शरिफ अझै पनि प्रहरी हिरासतमै रहेका छन् । कक्षा कोठामा गोली चलाएको घटनाबारे उनीमाथि छानबिन भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ