• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मधेश समाचार

    आज विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री यादव

    879
    SHARES



    काठमाडौँ। मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार आज विश्वासको मत लिँदैछन् ।

    गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

    मधेस प्रदेश सभाको बैठक आइतबार दिउँसो २ बजे बोलाइएको छ । मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने भनेर मधेस प्रदेशसभा सचिवालयलाई गत बिहीबार नै पत्र पठाएका थिए ।

    जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री बनेयता यादवले तेस्रो पटक विश्वासको मत लिँदैछन् । मधेसमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक हुन्छ।

    जसपासहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थन रहेकाले उनी सहज अवस्थामा छन् । नेपाली कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९-९ र एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन् ।

    मधेसको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ र जनमत पार्टीका १३ सांसद छन् । राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १-१ सांसद छन् । प्रदेश सभामा तीन जना स्वतन्त्र सांसद पनि रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ