• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नबिल बैंकमा चोरी गरेको आरोपमा २ जना पक्राउ

    325
    SHARES



    काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले चोरीको आरोपमा २ जनालाई पक्राउ गरिएको बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेकाले उनीहरुको विवरण भने गोप्य राखिएको प्रहरीले जनाएको छ ।

    चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले अनुसन्धान अघि बढाइएको एसपी ढुंगेलले बताए । सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट एक करोड ३४ हजार ८ सय रुपैयाँ चोरी भएको थियो ।

    चोरी गरेर रकम बोरामा हालेर लगेको बैंकको सीसीटीभी फुटेजमा देखिएको छ । चोरी भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएकाले घटना थप शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ