• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रामेछापमा नक्कली औषधि पसल सिल

    843
    SHARES



    रामेछाप। अनुमति नलिई औषधि बिक्री गर्ने २ वटा औषधि पसल सिल गरिएको छ । अनुमति बिना औषधि बिक्री/वितरण गर्दै आएका रामेछापका दुई वटा औषधि पसललाई जिल्ला प्रशासन कार्यालय रामेछापले सिल गरेको हो ।

    औषधि व्यवस्था विभागका प्रतिनिधिसहितको अनुगमन टोलीले हिजो सदरमुकाम मन्थलीमा औषधि पसल तथा अस्पताल अनुगमन गरेको थियो ।

    अनुगमनका क्रममा औषधि बिक्रेताहरूले नागरिकको स्वास्थ्यजस्तो संवेदनशील कुरामा खेलबाड गरी बिक्री गर्न अनुमति नै नलिएका औषधिहरू आफूखुशी बिक्री/वितरण गर्दै आएको पाइएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत प्रकाश प्रधानले बताए ।

    धेरै औषधिहरू स्टोरमा सञ्चय गरी राखेको भेटेपछि दिपसन फार्मेसी र साँकुरा मेडिकल सिल गरेको प्रशासकीय अधिकृत प्रधानले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ