• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    पाकिस्तान र इरानले निष्कासन गरेपछि २ हजार बढी अफगान आप्रवासीको बिचल्ली

    2.4K
    SHARES



    काठमाडौँ। पाकिस्तान र इरानले निष्कासन गरेपछि दुई हजारभन्दा बढी अफगान आप्रवासीहरूको बिचल्ली भएको छ । आप्रवासीहरूलाई जबर्जस्ति निष्कासन गराएर बिचल्ली गराएको तालिबानको नेतृत्वमा रहेको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ ।

    मन्त्रालयका अनुसार सोमबार देशको प्रहरीले निष्कासन गरेपछि २ सय ६० अफगान आप्रवासी पाकिस्तानबाट काबुल फर्केका छन् ।

    यसैबीच दुई हजार तीन सय ६८ अफगान आप्रवासीहरू सोही दिन इरानबाट अफगानिस्तानमा पुनः प्रवेश गरेको खामा प्रेसले जनाएको छ । आप्रवासीहरू नानगाहार प्रान्तको तोरखाम सीमा हुँदै देशमा फर्केको जनाइएको छ ।

    फर्केका व्यक्तिहरू हेरात प्रान्तको इस्लाम काला सीमा पार गरेर अफगानिस्तानमा प्रवेश गरेको अधिकारीहरूले बताएका छन् ।

    हालैका महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूको निष्कासन तीव्र भएपछि तालिबानको शरणार्थी मन्त्रालयले इरानबाट आप्रवासीहरूको फिर्तीको घोषणा गरेको छ ।

    यसअघि एम्नेस्टी इन्टरनेसनलले पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने योजना तत्काल रद्द गर्न आह्वान गर्दै यो योजना अन्तर्राष्ट्रिय मानव अधिकार कानून र शरणार्थी कानून विपरीत भएको उल्लेख गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया