• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको छ- देव गुरुङ

    2.4K
    SHARES



    काठमाडौँ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको बताएका छन् । गुरुङले हालै आफुले गरेको चीन भ्रमणले दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाउन सफल भएको बताउंदै चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको बताएका हुन् ।

    बुधबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा चीन नेपालको शान्ति,समृद्धि र राजनीतिक स्थायित्वको लागि सधैँ तत्पर रहेको आफूले पाएको बताए ।

    गुरुङले भने, ‘चीन सधैँ नेपालको समृद्धि,शान्ति र राजनीतिक स्थिरताको लागि सहयोग गर्न तयार छ ।’ गुरुङको नेतृत्वमा ३० जनाले दश दिनसम्म चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको थियो । उनले भने, ‘उहाँहरूले नेपालमा स्थिर सरकार हेर्न चाहनुभएको छ । कम्युनिस्ट पार्टीहरूबिच सहकार्य होस् भन्ने चाहना राख्नुभएको छ ।’

    भ्रमणले चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबिचको सम्बन्धलाई जनस्तरमा पुर्‍याउन समेत सहयोग पुग्ने आफ्नो विश्वास रहेको गुरुङले बताए ।

    भ्रमणको क्रममा चीन सरकारका अन्तर्राष्ट्रिय विभागका मन्त्री, स्कुल विभागको प्रमुखलगायत उच्च तहमा भेट भएको पनि जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ