• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    इलाममा भ्यान दुर्घटना, २५ वर्षीय दिपेशको मृत्यु

    683
    SHARES



    काठमाडौँ। इलामको मेची राजमार्गको राङ ४ बाघखोर सडकखण्डमा मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा देउमाई नगरपालिका ६ का २५ वर्षीय दिपेश राई रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डिएसपी प्रकाश जवेगुका अनुसार सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा देउमाई नगरपालिका ६ कै अन्दाजी २० वर्षीय विश्वास राई छन् । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाको छ ।

    उनलाई थप उपचारका लागि झापा पठाइएको छ भने झापाबाट इलामतर्फ गइरहेको मे १ ज ३२६३ नम्बरको भ्यान बुधबार विहान ५ बजे सडकबाट ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ