• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    १ करोड बढी ठगेको आरोपमा गोल्ड माइन कन्सल्टेन्सी सञ्चालिका मञ्जु पक्राउ

    741
    SHARES



    काठमाडौँ । काठमाडौँको मैतीदेवीमा सञ्चालित गोल्ड माइन कन्सल्टेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको बालुवाटार घर भएकी कन्सल्टेन्सी सञ्चालिका मञ्जु रानामगरलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताएका छन् ।

    पक्राउ पर्नेमा उनलाई सहयोग गर्ने ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका घर भएकी ३८ वर्षीया तिर्थमाया कार्की पनि छन् ।

    कन्सल्टेन्सी सञ्चालिका मञ्जुले चेक रिपब्लिक र सर्बिया पठाउँछु भनेर १ करोड ३६ लाख रकम ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मञ्जुविरुद्ध १७ जना पीडितले जाहेरी दिएका छन् ।

    तिर्थमायाले ४ जना पीडितबाट २४ लाख लिएर फरार भएकी थिइन् । मन्जु राना मगर मार्फत विदेश पठाउने भनेर रकम असुल गरेको उनले प्रहरीसँग बताएकी छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ