काठमाडौँ । आईसीसी टी-२० विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टोलीको घोषणा गरेको छ । बुधबार रोहित पौडेलको कप्तानीमा क्यानले उक्त्त टोलीको घोषणा गरेको हो ।
आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशी उक्त्त टोलीमा रहेका छन् भने करन केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरीले पनि टोलीमा समेटिएका छन् ।
टी-२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने भएको छ ।
प्रतिक्रिया