• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मन्त्री शर्मा नआएपछि शिक्षा समिति बैठक स्थगित

    1.1K
    SHARES



    काठमाडौँ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ ।

    समितिमा मंगलबार सुरक्षण मुद्रण विधेयकबारे छलफल गर्ने तयारी थियो । तर सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । विधेयक छलफल गर्न संसद नियमावलीका अनुसार मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्छ ।

    नेकपा (एमाले) का सांसद रघुजी पन्तले नियमावलीको उक्त व्यवस्थाबारे ध्यानाकर्षण गराएका थिए। उनले मन्त्रीको उपस्थितिबिना छलफल गर्न नमिल्ने बताएका थिए ।

    त्यसपछि समितिका सभापति भानुभक्त जोशीले संसद नियमावलीको १७८ को दफा ४ हेरेका थिए । उनले मन्त्री अनुपस्थित भएकोले बैठक चल्न नसकेको जानकारी गराए। मन्त्री शर्मा अस्वस्थ भएकोले बैठकमा अनुपस्थित भएको सभापति जोशीको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया