• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रातो बङ्गला र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

    870
    SHARES



    काठमाडौँ । रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई पाठ्यक्रम विकास केन्द्रले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको हो ।

    सरकारको अनुमति विना विदेशी पाठ्यक्रम पठनपाठन गर्दै आएको विषयमा स्पष्टीकरण सोधिएको केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले बताए ।

    अनुमति बिना विदेशी कार्यक्रम गरेको भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमन श्रेष्ठले कारबाही गर्न निर्देशन दिएकी थिइन् । उनको निर्देशनको आधारमा केन्द्रले मन्त्रालयले अनुमति नलिई शैक्षिक कार्यक्रम सञ्चालन गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ