• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना- ९ बर्षीय मानसको घटनास्थलमै मृत्यु, ८ विद्यार्थी घाइते

    722
    SHARES



    ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका-४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एउटै विद्यालयमा अध्ययनरत ८ विद्यार्थी घाइते भएका छन् ।

    खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १-०१-००१ त ९०६९ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए ।

    दुर्घटनामा परी याङ्वरक-४ का नौ वर्षीय मानस तामाङको घटनास्थलमै ज्यान गएको हो । उनी स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए ।

    दुर्घटनामा सोही विद्यालयमा अध्ययनरत ८ विद्यार्थी घाइते भएका छन् । घाइते सबैलाई जिल्ला अस्पताल पाँचथर लगिएको छ । दुर्घटनापछि चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ