• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राष्ट्रिय सभा उपाध्यक्षमा एकीकृत समाजवादीले एमाले उम्मेदवारलाई मत दिने

    2.8K
    SHARES



    काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीले नेकपा एमालेका उम्मेदवारलाई मत दिने भएको छ ।

    सत्ता गठबन्धनभित्र राष्ट्रिय सभाको उपाध्यक्ष आफूले पाउनुपर्ने दाबी गर्दै आएको सो पार्टीले उक्त्त पद नपाएपछि एमाले उम्मेदवारलाई नै मत दिने निर्णय गरेको हो ।

    नेकपा एकीकृत समाजवादीकी राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले सत्ता गठबन्धनमै रहेकाले कांग्रेस उम्मेदवारलाई मत दिन उचित नहुने बताइन् ।

    यस्तै, नेकपा (एमाले) जाजरकोटको अध्यक्षमा नरेन्द्रकुमार शाही निर्वाचित भएका छन् ।

    सातौं अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा नरेन्द्रले प्रतिस्पर्धी खिमबहादुर शाहीलाई ८ मतले पराजित गरेका हुन् ।

    नरेन्द्रले १ सय ९४ मत ल्याए भने निवर्तमान अध्यक्ष खिमबहादुर शाहीले १ सय ८६ मत पाए । उपाध्यक्षमा विष्णुविक्रम शाह १८२ मत ल्याए। निर्वाचित भए भने उनका प्रतिस्पर्धी मोतिलाल वलीले १७५ मत ल्याए ।

    सचिवमा गोपालबहादुर नेपाली निर्वाचित भए। गोपालले १८८ मत ल्याउँदा उनका प्रतिस्पर्धी नरबहादुर बस्नेतले १ सय ७१ मत ल्याएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ