काठमाडौँ। मासिक १५ हजार भारु तलब खाने एक कर्मचारीको घरमा ३० करोड भारु भेटिएको छ । भारतको झारखन्ड सरकारका मन्त्री आलमगीर आलको निजी सचिवका नोकर हुन् ।
प्रवर्तन निर्देशनालय (ईडी)ले राँचीमा छापा मार्ने क्रममा नोकरको घरबाट २० देखि ३० करोड भारु नगद फेला पारेको हो । सोही घरमा अर्को एक स्थानबाट तीन करोड भारु बरामद भएको पनि बताइएको छ । सम्पत्ति शुद्धीकरण मामिलामा छानबिनका क्रममा आलमगीर आलमको नाम पनि जोदिएपछि खोजतलास गरिएको थियो ।
आलमको मन्त्रालयमा भ्रष्टाचार भइरहेको र पैसा नोकरहरुको घरमा पठाइरहेको सुचना ईडीले पाएपछि उक्त्त सुचनाको आधारमा ईडीले मन्त्रीका निजी सचिवको नोकरको घरमा छापा मारेको थियो । १० हजार भारु घुस लिएको मामिलामा छापा मार्दा करोडौं रकम भेटिएको बताइएको छ ।
प्रतिक्रिया