• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    अमेरिकाद्वारा इजरायलमा विस्फोटक पदार्थ पठाउन रोक

    1.7K
    SHARES



    काठमाडौँ। अमेरिकाले गाजाको रफाह आक्रमणलाई ध्यानमा राख्दै इजरायलमा बमलगायतका विस्फोटक पदार्थ पठाउन रोकेको छ ।

    राष्ट्रपति जो बाइडेनको प्रशासन कार्यालयका अनुसार अमेरिकाले इजरायल पठाउन लागेको ९ सय ७ किलो तौलका १ हजार ८ सय बम र दुई सय २० केजी तौलका एक हजार सात सय बम रोकेको बीबीसीले जनाएको छ ।

    इजरायलले गाजाको रफाहमा आक्रमण गर्ने उद्देश्यले त्यहाँ बस्ने मानिसलाई अन्यत्र जान भनेको थियो । तर उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना नबनाएसम्म रफाहमा इजरायली आक्रमणलाई समर्थन नगर्ने अमेरिकाले बताएको छ ।

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले धेरै महिनादेखि रफाहमा हमासविरुद्ध ठूलो मात्रामा कारबाही नगरेसम्म युद्ध जित्न नसकिने भन्दै आक्रमण तीव्र बनाउने कुरामा जोड दिइरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ