• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    रमेश लेखक भन्छन- कांग्रेस–एमाले मिलेर सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन

    605
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अहिलेसम्म कांग्रेस एमालेको सरकार बनाउने विषयमा कुनै छलफल नभएको बताएका छन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    ‘एमालेसँग सरकार बनाउने कुरामा अहिलेसम्म कुनै छलफल भएको छैन । तर अहिले आम रूपमा ठुला दलहरू मिलेर सरकार बनाए हुन्थ्यो भन्ने धारणा आउन थालेको छ’ लेखकले भने, ‘साना साना दलहरू लिएर सरकार बनाउँदा सरकार अस्थिर भयो भन्ने धारणा जनमानसमा छ, एमाले, कांग्रेसमा पनि छ । तर अहिलेसम्म कांग्रेस एमालेको सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन ।’

    उनले अहिलेको सत्ता समीकरण भत्काउने पक्षमा नभएको बताउँदै राजनीतिक दलहरूसँग छलफल हुनु सामान्य रहेको बताए । लेखकले टेकबहादुर गुरुङबारे वैधानिक परीक्षण हुने बताउँदै त्यसबारे अहिले धेरै नबोल्ने बताए । उनले सहकारीको पैसा अपचलन भएको बारे समग्रतामा छानबिन गरेर जान आफूहरू तयार रहेको बताए ।

    लेखकले भने,‘सहकारीको विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीमाथि नै प्रश्न उठेपछि उहाँमाथि छानबिन गर्नुपर्छ भन्नेमा हामी अडिग छौँ । अहिले एउटा कन्फ्युजन भएको छ, हामीले मन्त्रीजीको विषय मात्रै उठाएको भन्ने परेको छ, हामी समग्र सहकारीको विषयमा कुरा उठाएका हौँ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ