• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    गगन थापाले झापाबाट सुरु गरे ‘संवाद यात्रा’

    1.7K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजदेखि झापाबाट ‘संवाद यात्रा’ सुरु गरेका छन् ।

    हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने पूर्व निर्धारित कार्यक्रमअनुसार थापाले आजदेखि भद्रपुरको मेची पुलबाट यात्रा थालनी गरेका हुन् ।

    अभियानको पहिलो दिनमा गगन थापाका साथै अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु कृष्णप्रसाद सिटौला, प्रदीप पौडेललगायत पनि सहभागी भएका छन् ।

    यो यात्रा २६ माघसम्म हुलाकी राजमार्ग वरपर पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म चल्नेछ । यसअघि शुक्रबारदेखि कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको छ ।

    त्यही अभियानअन्तर्गत थापाले हुलाकी राजमार्गले छोएका जिल्लाका नागरिकको कुरा सुन्न संवाद यात्रा सुरु गरेका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ