• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    यू-१९ विश्वकप- नेपालले लियो अफगानिस्तानको आठौं विकेट

    1.1K
    SHARES

    काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न निर्णायक खेलमा अफगानिस्तानको आठौं विकेट लिएको छ ।

    स्पिनर दीपेश कँडेलले २१ औं ओभरको तेस्रो बलमा अरब गुललाई शून्यमा एलबीडब्लू आउट गरे ।

    बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले २१ ओभरमा ८ विकेट गुमाउँदै ८८ रन बनाएको छ ।

    सातौं विकेटको रुपमा मोहम्मद अल्लाह घजान्फर २१ बलमा ४ चौका र ३ छक्कासहित ३७ रनमा आउट भएका थिए । एक समय ४३-६ को अवस्थामा पुगेको टोलीलाई झिनो आशा बचाउन उनले आक्रामक क्रिकेट खेलेका थिए ।

    उनी स्पिनर तिलकराज भण्डारीको बलमा ठूलो सट खेल्ने धुनमा सुवास भण्डारीबाट क्याच आउट भए । नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा क्याच आउट गरे ।

    उनी टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भएका थिए । त्यसपछि आकाश चन्दले पाँच विकेट लिदै खेलमा हाबी गराएका थिए ।

    आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ