• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

जब इलाममा ज्योति मगरको खुट्टा स्टेज नै प्वाल पारेर छिर्‍यो

13.4K
SHARES



काठमाडौँ। माई (इलाम)- गायिका ज्योति मगर जहाँ पुग्छिन्, त्यहाँ स्टेट तातिहाल्छ ।

उनको गायनसहितको बेजोड प्रस्तुति हेर्न दर्शक सधैं लालयित हुने गर्छन् । ठूलो युवा जमातले उनलाई स्टेज प्रस्तुतिमा सधैं ‘हुटिङ’ दिन्छ । र, दर्शक-स्रोतासँगै उनी उफ्रीउफ्री गाउँदै स्टेज तताउँछिन् ।

अरू त अरू, ज्योति मगरको पहिरनमा कटु आलोचना गर्नेहरूसमेत लुकीलुकी उनको प्रस्तुति हेर्न चाहिँ कार्यक्रमस्थल पुगेको चर्चासमेत सुनिन्छ । यसबाटै थाहा हुन्छ कि, गायिका ज्योति मगर बहुसंख्यक दर्शक-स्रोताको आकर्षणमा पर्छिन् ।

इलामको माई नगरपालिकामा पनि पुस १७ देखि २० सम्म तेह्रकुने पोखरी सिमसार पर्यटन महोत्सव आयोजना गरियो । महोत्सव समापनमा आइन् गायिका ज्योति मगर ।

समापन हुने पूर्वसन्ध्यामा राति करिब ११ बजे स्टेज उक्लिएकी मगरले केही गीतमात्रै गाएकी थिइन्, अनौठो घटना भयो । गायन र नृत्यमा बेजोडसँग झुमिरहेका बेला स्टेज नै प्वाल पर्‍यो । प्वालमा ज्योतिको देब्रे खुट्टो पर्‍यो र घुँडासम्म छिर्‍यो ।

‘मैले भनेको त हो नि’ भन्दै उनले आफ्नो खुट्टा प्वालबाट निकाल्न अरूको सहयोग मागिन् । प्रस्तुति दिँदादिँदै खुट्टामा चोटसमेत लाग्नेगरीको यो घटना भएपछि ज्योति आयोजकसँग केही असन्तुष्ट भइन् । तर, प्रस्तुति छाडिनन् ।

चोटका कारण खुट्टाले साथ नदिएपछि करिब राति १२ बजे उनले आफ्नो प्रस्तुति बिट मारिन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ