• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय मनोरञ्जन

विवाहबाहिर बच्चा भएको आरोपदेखि परिवारसँग सम्बन्ध विच्छेदसम्म आमिर खान र भाइ फैजलबीच विवाद

1.2K
SHARES



मुम्बई- बलिउडका चर्चित अभिनेता आमिर खान र उनका भाइ फैजल खानबीचको पारिवारिक विवाद अहिले सबैको ध्यानको केन्द्र बनेको छ ।

लामो समयदेखि पारिवारिक विवादका कारण चर्चामा रहँदै आएका फैसलले यसपटक आफ्नो जीवनका संवेदनशील पक्षहरू सार्वजनिक गर्दै आमिर र परिवारमाथि गम्भीर आरोप लगाएका छन्।

हिजो सोमबार मुम्बईमा पत्रकार सम्मेलन गर्दै फैजलले आफ्नै परिवारसँग सम्बन्ध विच्छेदको घोषणा मात्र होइन, आमिरमाथि गम्भीर आरोप लगाए ।

फैसलका अनुसार सन् २००२ मा उनले एक महिलासँग विवाह गरेका थिए तर दुर्भाग्यवश सोही वर्षको डिसेम्बरमै सम्बन्ध विच्छेद भयो। सम्बन्ध विच्छेदपछि उनको परिवारले आफ्नै काकीसंग विवाह गर्न दबाब दिएका थिए ।

यति मात्रै होइन, फैजलले पत्रकार सम्मेलनमा दाबी गरे कि आमिरले पहिलो पत्नी रीना दत्तासँग वैवाहिक सम्बन्धमा रहँदा नै बाहिरी सम्बन्ध राखेका थिए । उनले आमिरले ब्रिटिश पत्रकार जेसिका हाइन्ससँग सम्बन्धमा रहेर विवाहबाहिरै बच्चा जन्माएको सनसनीपूर्ण दाबी गरे ।

फैजलले अझै गम्भीर आरोप लगाउँदै भने, “मलाई मानसिक स्वास्थ्यको नाममा औषधी खुवाइयो र करिब एक वर्षसम्म घरमै कैदमा राखियो ।”

यसैबीच, फैजलले आफ्नो इन्स्टाग्राममार्फत परिवारसँगको सम्बन्ध पूर्ण रूपमा तोडिएको घोषणा गरे । उनले लेखे,
“मन त भारी छ, तर नयाँ साहसले भरिएको छु। आज म खुला रूपमा भन्न चाहन्छु- मैले सार्वजनिक नोटिसमार्फत आफ्नो परिवारसँग सबै सम्बन्ध तोडेको छु। यो सजिलो निर्णय होइन, तर मेरो आत्मिक उपचार र विकासका लागि अनिवार्य थियो। अब म स्वतन्त्रताको बाटोमा, इज्जत र आत्म-अन्वेषणको यात्रामा अघि बढ्दैछु- सत्य, सकारात्मकता र अटल मनोबललाई साथ लिएर।”

फैजलका आरोपपछि खान परिवारभित्रको आपसी सम्बन्ध मात्र होइन, आमिरको व्यक्तिगत जीवनसम्बन्धी चर्चा फेरि एकपटक बलिउडमा चर्किएको छ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ