• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Banner News राजनीति

    माओवादीले टुङ्गाे लगायाे राष्ट्रिय सभाका ६ जना उम्मेदवार

    1.7K
    SHARES



    काठमाण्डाै । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्यको चुनावका लागि छ जना उम्मेदवार टुङ्गो लगाएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो ।

    माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्पादेवी कार्की, बाग्मती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरुपा शर्मा, लुम्बिनी प्रदेशमा झक्कु सुवेदी, कर्णली प्रदेशमा विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

    सत्तारूढ गठबन्धनको आज बसेको बैठकले संयुक्तरूपमा उम्मेदवार उठाउने निर्णय गर्दैै सिट बाँडफाँट गरेको थियो । त्यही बाँडफाँटमा माओवादी केन्द्रको भागमा छ वटा सिट परेको थियो । सत्ता गठबन्धनको बैठकलगत्तै बसेको पदाधिकारी बैठकले उम्मेदवार तय गरेको हो ।

    राष्ट्रिय सभा सदस्यका लागि भाेलि साेमवार मनोनयन हुँदैछ । आउँदाे माघ ११ गते राष्ट्रिय सभा सदस्यको रिक्त सदस्यका लागि चुनाव हुँदैछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ