काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न रास्वपा सभापति लामिछाने बालकोट पुगेका थिए ।
पदयात्रा लगायतका कार्यक्रममा व्यस्त भएका कारण लामो समयदेखि भेट नभएकाले भेट्न गएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
उनका अनुसार भेटमा समसामयिक विषयमा कुराकानी भएको छ ।
यस्तै, नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक एमाले पार्टी कार्यालय च्यासलमा सुरु भएको हो ।
बैठकमा आसन्न राष्ट्रिय सभा चुनावका लागि उम्मेद्वार चयन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि माघ ११ गते चुनाव हुँदै छ । त्यसका लागि निर्वाचन आयोगकले पुस २३ गते मनोनयनको समय तोकेको छ ।
प्रतिक्रिया