• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    चुनाव हारेका र समानुपातिकमा नाम भएकालाई राष्ट्रियसभामा नउठाउने एकीकृत समाजवादीको निर्णय

    3.4K
    SHARES



    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारकाे मापदण्ड बनाउने भएको छ ।

    यसअघि चुनाव हारेका र समानुपातिक सूचीमा नाम राखेकाहरु नै अहिले राष्ट्रियसभा सदस्य उम्मेदवार बन्न दौडधुपमा लागेपछि सो पार्टीले मापदण्ड बनाउन लागेको हो ।

    ‘उम्मेदवारी दर्ता गर्नुअघि पार्टी सचिवालय बैठक बसेर मापदण्ड तय गर्छ’, उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘यसअघि चुनाव हारेका र समानुपातिक सूचीमा नाम लेखाएकाहरू माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउनुहुँदैन भन्ने मेरो स्पष्ट मत छ ।’

    उनले चुनाव हारेका र समानुपातिक सूचीमा नाम परेकाहरूलाई राष्ट्रियसभाको उम्मेदवार बनाए पार्टी नबन्ने भन्दै पार्टी बैठकमै कुरा राखेको बताए । ‘मैले यो कुरा पार्टी बैठकमै कुरा राखेको छु । तर निर्णय भैसकेको छैन । उम्मेदवारी दर्ताअघि निश्चित मापदण्ड बनाउँछौ’, पाण्डेको भनाइ छ ।

    फागुन २० बाट रिक्त हुने २० पदमध्ये माघ ११ गते १९ पदमा निर्वाचन हुँदै छ । त्यसमध्ये एकीकृत समाजवादीका नन्दा चपाई र सिंहबहादुर विकको अवधि सकिँदै छ ।

    कर्णालीबाट चपाई र बागमतीबाट विकका साथै एकीकृत समाजवादीकै चुनाव चिह्नबाट चुनाव लडेका खिमलाल देवकोटाको स्थान र थप एक सिट पाउनुपर्ने सो पार्टीले जनाएको छ ।

    ययस्तै, राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले छलफल थालेका छन् ।

    छलफलका लागि कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा पुगेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ