News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Highlights अन्तराष्ट्रिय

सरकारले कडाइ गरेपछि अमेरिकामा पक्राउ परे १८ नेपाली, को-को परे हेर्नुहोस् लिस्ट

19.2K
SHARES


वासिंटन ।

अमेरिकामा कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियाली नागरिकलाई पक्राउ गरिएको छ । ट्रम्प प्रशासनले आप्रवासन नीतिमा कडाइ गरेपछि उनीहरुलाई पक्राउ गरी ओरेगनको एक कारागारमा राखिएको अधिकारवादी संस्थाहरुले जनाएका छन् ।

जेलमा राखिएकाहरुमा १८ नेपाली र ५२ जना भारतीय रहेको जनाइएको छ । यस अतिरिक्त पाँच चिनियाँ र ३० मध्य अफ्रिकी देशका नागरिकलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाका अनुसार पक्राउ गरिएकाहरुलाई एक्ला एक्लै राखिएको छ । उनीहरुलाई कानुनी अधिकारबाट समेत वञ्चित गरिएको सो संस्थाले जनाएको छ ।

पक्राउ परेकामध्ये अधिकांशले आफ्नो मुलुकमा हिंसा रहेको वा गलत तरिकाले आफू कारवाहीको भागिदार बन्ने खतरा रहेको भन्दै शरणका लागि अमेरिका प्रवेश गरेको विवरण उल्लेख गरेका थिए ।

पक्राउ परेका नेपालीहरुको नामावाली भने सार्बजनिक गरिएको छैन । आफ्ना नागरिक पक्राउ परेको खबर पाएपछि त्यहास्थित नेपाली दुतावासले यसबारे खोजी गरेर यसबारेमा सत्यतथ्य सार्बजनिक गरिने बताएको छ (एजेन्सी)

२०७५ असार ६ गते प्रकाशित



प्रतिक्रिया