• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

सम्बन्धविच्छेद गर्दै चर्चित गायिका आरियाना

7.6K
SHARES



अमेरिका । चर्चित अमेरिकी गायिका आरियाना ग्रान्डेले पति डाल्टन गोमेजसँग सम्बन्धविच्छेद गर्ने भएकी छन् ।

ग्रान्डेले सोमबार लस एन्जलिसमा सम्बन्धविच्छेदका लागि याचिका दायर गरेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जानकारी दिएको हो ।

उनले ‘सुल्झाउन नसक्ने मतभेद’ का कारण आफूले सम्बन्ध विच्छेद गर्न लागेको उल्लेख गरेकी छन् । यो मुद्दामा ग्रान्डेलाई उनको पारिवारिक वकिल लउरा वासेरले प्रतिनिधित्व गर्नेछिन् ।

ग्रान्डे र गोमेजबीच सन् २०२१ मा विवाह भएको थियो । परिवार र नजिकका साथीलाई पनि आमन्त्रण गरिएको उक्त समारोहमा करिब २० जना मात्र सहभागी भएका थिए ।

त्यसको दुई वर्षअघि ग्रान्डेले कमेडियन पिट डेभिडसनसँग इन्गेजमेन्ट गरेकी थिइन् । रियल स्टेट एजेन्ट रहेका गोमेज र ग्रान्डेले सन् २०२० मा रिलिज गरिएको गीत ‘स्टक विथ यू’ पछि आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए ।

गोमेजले उक्त भिडियोमा काम गरेका थिए । सोही वर्ष दुईजनाले इन्गेजमेन्ट गरेको घोषणा गरेका थिए । गत जुलाईमा ग्रान्डेलाई ‘वेडिङ ब्यान्ड’ बिना नै विम्बेल्डनमा देखिएपछि दुईबीच सम्बन्ध राम्रो नरहेको आँकलन गरिएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ