• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    महिलाहरुले नै महिलालाई सार्वजनिक रुपमै नांगै बनाएर यसरी गरे निर्घात कुटपिट (भिडियोसहित)

    23.5K
    SHARES



    भालुवाङ, २९ जेठ । 

    दाङमा महिलाले नै महिलालाई सार्वजनिक रुपमै नांगै बनाएर निर्घात कुटपिट गरेकी छन् । देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा एक महिलामाथि महिलाहरुले नै निर्घात कुटपिट गरी घाइते बनाएका छन् । यो घटना शुक्रवार दिउँसो ३ बजेको हो ।

    अर्घाखाँचीको सितगंगा नगरपालिका–९ ठाडाखोला निवासी वर्ष ३९ की दिलमाया पुन कुटिएकी हुन् । उनको भालुवाङ बजारस्थीत नगर विकास समितिको पश्चिम साइडमा रहेको जग्गा ५० हजारमा नदिएको भन्दै अनिता र रेखा गुप्ताले कुटपिट गरेकी हुन् । दिलमायाको रसिद नम्बर ३०५ नम्बरमा रहेको करिब ७ धुर घडेरीको अवस्था हेर्न आएका बेला पुरानो भालुवाङ आएकी थिइन् । त्यही मौकामा रेखा र अनिताले सार्वजनिक ठाउँमै कपडा च्यातेर कुटपिट गरिन् ।

    करिब ३०० मिटरको दुरीमा सम्म लखेटी लेखटी कुटपिट गरेपनि प्रहरीले मिलापत्र गरेर पठाएको थियो । पीडकलाई कारवाही गर्नुको साटो प्रहरीले मिलापत्र गरेको कुरा दिलमायाका श्रीमानले समेत जानकारी दिइएन् ।

    दिलमायालाई कुटपिट भइरहेको बेला भालुवाङ नगरविकास समितिका अध्यक्ष ओमप्रकाश बुढाथोकी र ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विष्णुप्रसाद भुसाल आए र झगडा छुटाए एक छिन पछि प्रहरी पनि आयो तर त्यो घटनालाई प्रहरी कार्यालयमै मिलापत्र भयो । दिलमायाका श्रीमान मानबहादुर भालुवाङ पुल्चोक बजारमै थिए । उनले श्रीमती अर्को लुगामा देखेपछि मात्र थाहा पाए । उनले घटना सामान्य होला सोचेका थिए तर साँझ घर गएपछि च्यातिएको लुगा देखेर मात्रै थाहा पाए ।

    घटना स्थलमा भालुवाङकै एक सानो बच्चाले भिडियो खिचेको थियो त्यो भिडियो भालुवाङ पुल्चोककी रितु रानाले सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेपछि मात्र घटना बाहिर आएको हो । यो भिडियोसँगै घटनाले नयाँ मोड लियो । अहिले अधिकारकार्मी र संचारमाध्यमहरुले पीडित दिलमायालाई न्यायको लागि आवाज उठाएका छन् ।

    भिडियो सार्वजनिक भएपछि मात्रै प्रहरीले कुटपिट गर्ने अनिता र रेखा गुप्तालाई शनिवार राती पक्राउ गर्यो । इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत अनुसन्धान भइरहेको प्रहरीले बताए । रेखा र अनितालाई कारवाहीको लागि दाङ जिल्ला अदालतमा मुद्दा चलाइएको छ ।

    हेर्नुहोस् भिडियो

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ