• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    धादिङ बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु, उद्धार कार्य जारी

    2K
    SHARES



    काठमाडौँ । धादिङ बस दुर्घटनामा ८ जनाको घटनास्थलमै ज्यान गएको छ ।  ८ जना घाइतेको उद्धार गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यको खोजी कार्य जारी रहेको बताएका छन् ।

    उनले भने, ‘८ जनाको शव फेला परेको छ । ८ जना घाइतेको उद्धार गरेर स्थानीय अस्पतालहरुमा पठाइएको छ । अन्यको खोजी कार्य जारी रहेको छ ।

    अहिले घटनास्थलमा नेपाल प्रहरी, गोताखोरसहितको सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । बसमा कति सवार थिए भन्ने यकिन भइनसकेको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए ।

    धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सत्नु जैसवारले काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ