• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    जातीय छुवाछुतमा उत्रिएको पाठक डेरीलाई नेकपा जनपरिषदको कडा चेतावनी (हेर्नुहोस् पत्रसहित)

    26.3K
    SHARES



    समिर चन्द, कंचनपुर ।

    कन्चनपुरको भीमदत्त नगरपालिका १० गड्डाचौकीस्थित पाठक डेरीले जातीय छुवाछुत गरेको भन्दै नेकपा जनपरिषदले कारवाही गर्ने चेतावनी दिएको छ ।

    डेरी संचालक केशवराज पाठक र उनकी श्रीमतीले दुध बेच्न पुगेका स्थानीय दुध किसानहरुलाई पटकपटक ‘दलितहरुको दुध किने सर्वनाश हुन्छ’ भन्दै तथानाम गालीगलौज गरेपछि पिडितहरुले नेकपा जनअदालतमा उजुरी दिएका थिए । पिडितहरुको उजुरीपछि जनपरिषदले किसानहरुमाथि जातीय छुवाछुत नगर्न चेतावनी दिएको हो ।

    ‘दुध बेच्नका लागि सोधपुछ गर्न आएका मानिसहरुसँग सुरुमा दुध राख्ने कुरा गर्ने सोधपुछ गर्दै जाँदा दलित समुदायको मान्छे भए ‘तल्लोजात’को दुध हामी किन्दैनौ भनि, तल्लो जातको दुध किने सर्वनाश हुन्छ तथा अन्य अपमानित शब्द प्रयोग गर्ने कुरा पुष्टि भएको छ ।’ कंचनपुर जनसरकार प्रमुख बरुणद्वारा हस्ताक्षरित उक्त चेतावनी पत्रमा भनिएको छ- जसमा तपाई (केशवराज पाठक ) र तपाईकी श्रीमती  दोषी ठहर हुनु भएको छ ।’

    अहिलेको यो परिवर्तित विश्व समाजमा सार्वजनिक ठाउँमै व्यापारका लागि खोलिएको सार्वजनिक दुध डेरीमा समेत जातीय विभेद गरिनु अत्यन्तै घृणित र निन्दनीय भएको उक्त पत्रमा उल्लेख छ ।

    ‘मानिसले मानिस भएर बाँच्न पाउने उसको आत्मसम्मान र स्वाभिमानमा ठेस पुग्नेगरी तपाई र तपाईकी श्रीमतीबाट गरिएका सबै हर्कतहरु कारवाही गर्न लायक छन् । पत्रमा भनिएको छ- ‘अबदेखि तपाईको सन्दर्भमा अन्तिमपटक सच्चिनका लागि यो चेतावनी पत्र दिइएको छ ।’

    पुनः यस्ता खालका घृणित कार्य गरेको उजुरी आए हदैसम्मको कारवाही गर्ने जनपरिषदको डेरी संचालक पाठक र उनकी श्रीमतीलाई चेतावनी दिएको छ । आइन्दा यस्ता गलत र लज्जास्पद हर्कत देखाए डेरी नै बन्द हुने गरी आवश्यक कारवाही अगाडी बढाउने जनपरिषदको चेतावनी पत्रमा उल्लेख छ ।

    हेर्नुहोस् पत्र

    २०७५ जेठ २२ मा प्रकाशित ।

     

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ