• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    कोरोना भाइरसको सङ्क्रमण दर शून्यमा झर्यो

    15.3K
    SHARES



    काठमाण्डाै । कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजाे सार्वजनिक गरेको तथ्याङ्कमा ७ सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ ।

    अहिलेसम्म सक्रिय सङ्क्रमित १७ जना रहेका छन् । कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राख्नुपरेको छैन ।

    यही जेठदेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोपको प्रभावले र छिमेकी देश भारतमा पनि सङ्क्रमण कम भएपछि नेपालमा सङ्क्रमण कम हुँदै गएको हो ।

    गएकाे चैतमा नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखिएपछि नेपालमा सङ्क्रमण बढिरहेको थियो । नेपालमा कोरोना भाइरसको सङ्क्रमण न्यून हुँदै गएपछि मास्कको प्रयोगलाई पनि स्वेच्छिक बनाइएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोना भाइरस न्यून हुँदै गएपछि गएकाे वैशाख २२ गते कोभिड-१९ जनस्वास्थ्यको आपत्काल नरहेको घोषणा गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ