• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

Uncategorized

आज १ सय ११ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

4K
SHARES



काठमाडौं। नेपालमा आज कोरोना संक्रमणका कारण थप एकजनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका कारण आज थप १ को मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार २९ पुगेको छ।

पछिल्लो २४ घण्टामा आज देशभर १ सय ११ जना कोरोना सक्रिय संक्रमित थपिएका छन् भने  २ हजार ५ सय १७ वटा नमुना परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज ६० जना संक्रमणमुक्त भएसँगै सक्रिय संक्रमितको संख्या ३ सय ७८ पुगेका छन् । आजसम्म १८ जना अस्पतालमा भर्ना भएका छन् ।

तीमध्ये ६ जना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ