• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु

    1.9K
    SHARES



    काठमाडौं । कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६ सय ३२ नमुनामध्‍ये ५ सय ७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जना र १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी १ सय ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ७९ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत रहेका छन् । सोमबार ६० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

    यस्तै, आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यसहित नेपाल एयरलाइन्सले ३ वटा जहाज किन्ने भएको छ । सो प्रयोजनका लागि निगम सञ्चालक समितिले वरिष्ठ क्याप्टेन सुधिर शमसेर राईको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिले आफ्नो प्रतिवेदन पेश गरेको निगमका उपनिर्देशक रमेश पौडेलले बताएका छन् ।

    पौडेलकाअनुसार दुर्गम भेगमा उडान गर्ने गरी ३ वटा नयाँ जहाज खरीद गर्ने गरी उपसमितिले सिफारिस गरेको छ । उनका अनुसार निगमले यी जहाज आन्तरिक स्रोतबाट किन्ने भएको छ ।

    जहाज निर्माता कम्पनीबाट सिधै खरीद गर्ने गरी प्रक्रिया अगाडि बढाइएको समेत निगमले जनाएको छ । अहिले निगमसँग नियमित उड्न मिल्ने गरी एउटा मात्र जहाज उपलब्ध रहेको छ ।

    निगमसँग यसअघि उपलब्ध चिनियाँ जहाज व्यवसायिक प्रयोजनमा उपयोगी नभएको र लागत मात्र थपेको भन्दै तीन वर्षदेखि नै थन्काएर राखिएको छ ।

    निगमले नयाँ जहाज खरिद गरी दुर्गम भेगमा सेवा दिँदा पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर केही हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी हुने बताएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानमा भने ४ वटा जहाज रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ