• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बलिउड- हलिउडल

    सलमान खानलाई पुनः ज्यान मार्ने धम्की, मिति पनि तोकियो

    3.3K
    SHARES

    काठमाडौँ। बलिउड अभिनेता सलमान खानलाई पुनः एक पटक धम्कीपूर्ण काल आएको छ ।

    फोन गर्ने व्यक्तिले सलमानलाई ३० अप्रिल (१७ वैशाख) मा हत्या गरिदिने धम्की दिएका छन् । उक्त फोन सोमबार राती ९ बजे आएको हो ।

    १० अप्रिलमा सलमान खानले आफ्नो आउँदो फिल्म ‘किसी का भाइ किसी की जान’ को ट्रेलर रिलिज गरे ।

    ट्रेलर लन्च भएको रात मुम्बई प्रहरीको कन्ट्रोल रुममा सलमानको विषयमा एक धम्कीपूर्ण फोन आएको हो ।

    फोन गर्ने व्यक्तिले आफ्नो परिचय जोधपुरको गाई रक्षक रकी भाइको रूपमा दिएका छन् । ती व्यक्तिले प्रहरीलाई फोन गरेर ३० अप्रिलमा हत्या गरिदिने बताए ।

    मुम्बई प्रहरीले यसबारे अनुसन्धान अघि बढेको जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ