• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बलिउड- हलिउडल मनोरञ्जन

    रणवीर-दीपिकालाई पुत्रीलाभ !

    1.5K
    SHARES



    काठमाडौं । बलिउड नायिका दीपिका पादुकोणले छोरी जन्माएकी छिन्‌ । मुम्बईंको एचआर रिलान्स हस्पिटलमा आइतबार उनले छोरीलाई जन्म दिएकी हुन् ।

    रणवीर सिंह र दीपिका दुवैले सामाजिक सञ्जालमार्फत् छोरीको आगमन भएको जानकारी दिएका छन् । बलिउड कलाकार, आफन्त र समर्थकहरुले यो जोडीलाई बधाई दिएको छ ।

    गत फेब्रुअरी महिनामा दीपिकाले आफू गर्भवती भएको जानकारी दिएकी थिइन् । पहिलो सन्तानको स्वागत र गर्भवती श्रीमतीसँग समय बिताउनका लागि रणवीरले लामो समयदेखि फिल्ममा काम गरेका छैनन् ।

    केही हप्ता अगाडि सन्तानको जन्म भएपछि बस्नका लागि यो जोडीले मुम्बईंस्थित बान्द्रामा १ अर्ब भारुमा नयाँ अपार्टमेन्ट किनेको समाचार भारतीय मिडियाहरूले प्रकाशन गरेका थिए ।

    रणवीर र दीपिकाले सन् २०१८ डिसेम्बरमा विवाह गरेका थिए । विवाहपछि पनि दुवै जना बडिउडमा सक्रिय छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ