News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बलिउड- हलिउडल

मलाई हृदयघात भयो तपाई आफ्नो हृदयलाई खुसी र साहसी तुल्याउनुस् : सुस्मिता सेन

1K
SHARES


काठमाडौँ। बलिउड अभिनेत्री सुस्मिता सेनले हालै आफूलाई हृदयघात भएको बताइन् । उनले इन्स्टाग्राममार्फत आफूलाई हृदयघात भएको बताएकी हुन् ।

सेनले बुवासँगको तस्बिर सेयर गर्दै आफूलाई हृदयघात भएको र एन्जियोप्लास्टी गर्नुपरेको बताएकी छिन् । अहिले आफ्नो स्वास्थ्य ठिक रहेको उनको भनाइ छ ।

उनी लेख्छिन्, ‘आफ्नो हृदयलाई खुसी र साहसी तुल्याउनुस् । जब तपाईंलाई आवश्यक पर्छ, यो तपाईंसँगै उभिन्छ । मलाई केही दिनअघि हृदयघात भएको थियो ।

एन्जियोप्लास्टी गरें । स्टेन्ट राखिएको छ। सबैभन्दा महत्वपूर्ण कुरा, मेरो हृदयरोग विशेषज्ञले ‘मसँग ठूलो मुटु छ’ भनेर पुन: पुष्टि गरे ।

समयमै सहयोग र रचनात्मक कार्यको लागि सबैलाई धन्यवाद । यो पोष्ट तपाईं ९मेरा शुभचिन्तक र प्रियजनहरू०लाई शुभ समाचारको बारेमा जानकारी गराउनका लागि हो ।

सबै ठीक छ र म फेरि बाँकी जीवनको लागि तयार छु । म तपाईंलाई माया गर्छु ।’ सुस्मिताका फ्यानले उनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया