• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बलिउड- हलिउडल

    कतिपुग्यो ‘टाइगर ३’ को व्यापार ?

    3.8K
    SHARES



    काठमाडौँ । यस दीपावलीमा हलमा रिलिज भएको सलमान खानको टाइगर-३ ले विश्वभरका थिएटरमा ३ सय करोड भारुभन्दा बढीको कमाई गरेको छ । फिल्मको सफलताको बारेमा कुरा गर्दै खानले टाइगर फ्रेन्चाइजीको सफलता आफ्नो लागि निकै व्यक्तिगत भएको बताए ।

    टाइगर फ्रेन्चाइजी २०१२ मा ‘एक था टाइगर’ बाट सुरु भएको थियो, जसमा सलमान खान अविनाश सिंह राठौर नामक जासूसको भूमिकामा देखिएका थिए। उनीसँगै जोयाको भूमिकामा रहेको कट्रिना कैफलाई पनि मानिसहरुले मन पराएका थिए ।

    यसपछि सन् २०१७ मा ‘टाइगर जिन्दा है’ र अहिले ‘टाइगर ३’ रिलिज भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार सलमान खानले भनेका छन्, ‘वर्षौंदेखि दर्शकले मलाई र मेरो टाइगरको फ्रेन्चाइजीलाई दिएको मायाका लागि म आभारी छु । मैले अहिलेसम्म तीन पटक टाइगरको भूमिका निर्वाह गरेको छु । यो प्रशंसा मेरो लागि सफलताको ह्याट्रिक जस्तै हो ।’

    यो एउटा यस्तो चरित्र हो जसका लागि आफूले निकै मिहिनेत गरेको उनले बताए । यो चरित्रमा आउन धेरै त्याग गरेकाले यसको सफलता विशेष रहेको उनको भनाई छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ