• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    आज थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

    1.8K
    SHARES



    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    १ हजार ३ सय ३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टीजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार यो ६ दिनको एकमुष्ट विवरण हो । मन्त्रालयले देशभर पीसीआर विधिबाट सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ३ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६१ हजार १ सय २९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    यस्तै, प्रहरीले अनलाइनबाट ठगी गरेको आरोपमा नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका ४ महादेवखोला र काठमाण्डाै महानगरपालिका ४ चण्डोल क्षेत्रबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले आज बुधवार सार्वजनिक गरेको हो ।

    उनीहरूले काठमाण्डाैका विभिन्न ठाउँमा घर भाडामा लिई अनलाइनबाट ठगी गर्ने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिनुभयो ।

    यो टोलीले ह्वाट्सएपमा अनलाइनमार्फत व्यवसायमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै नेपाली नागरिकलाई ठगेको पाइएको उहाँले बताउनुभयो ।

    उनीहरूले नेपाली नागरिकको नाममा बैंक खाता खोलेर पीडितहरूलाई त्यही खातामा पैसा पठाउन लगाउने गरेको पाइएको छ । ठगी गर्ने टोलीले ह्वाट्सएप लगायतबाट अनलाइन कक्षासमेत सञ्चालन गर्दै आएको पाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ