• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बलिउड- हलिउडल

    ३ मिनेटमा १ सय ८४ सेल्फी खिचेर विश्व कीर्तिमान

    3.3K
    SHARES



    काठमाडौं । तीन मिनेटभित्र १८४ वटा सेल्फी खिच्दै बलिउड अभिनेता अक्षय कुमारले गिनिज विश्व कीर्तिमान राखेका छन् ।

    मुम्बईमा बुधबार आयोजित समारोहमा अक्षयले कीर्तिमान रचेका हुन् । रेकर्ड राखेसँगै कार्यक्रममा उनलाई गिनिज प्रमाणपत्र पनि प्रदान गरिएको छ ।

    आफ्ना खतरनाक स्टन्टको कारण चर्चामा आउने अक्षय यसपटक चाहिं सेल्फीले चर्चामा आएका हुन् ।

    उनको शीर्ष भूमिका रहेको फिल्म ‘सेल्फी’ पनि शुक्रबार विश्वव्यापी प्रदर्शन हुँदैछ । राज मेहता निर्देशित यो फिल्ममा उनले पहिलोपटक इमरान हासमीसँग स्क्रिन सेयर गरेका छन् ।

    धेरै सेल्फी खिचेर अक्षयले अमेरिकाका जेम्स स्मिथको १६८ वटा सेल्फीको रेकर्डलाई तोडेका हुन् । हलिउड अभिनेता डाउने जोन्सनले पनि लण्डनमा आयोजित फिल्मको प्रिमियरमा तीन मिनेटभित्र १०५ वटा सेल्फी खिच्दै रेकर्ड राखेका थिए ।

    यो अनौठो कीर्तिमान तोड्न पाउँदा खुसी व्यक्त गर्दै अक्षयले आफू उत्साहित भएको बताए ।

    उनले भने, ‘यो अनौठो विश्व कीर्तिमान तोड्न पाउँदा र मेरा फ्यानसँग यो पल साझा गर्न पाउँदा म उत्साहित छु । मैले अहिलेसम्म प्राप्त गरेको सबै कुरा र मेरो जीवनको यो क्षणमा जहाँ छु, त्यो मेरा फ्यानको निःसर्त माया र समर्थनको कारण हो ।

    यो उनीहरुका लागि श्रद्धा व्यक्त गर्ने एक शैली थियो जसले जीवनभर मेरो करिअरमा उभिएर मलाई माया गरे अनि स्वीकार ।’

    यसैबीच, ‘सेल्फी’मा डायना पेन्टी र नुसरत भरुचा पनि मुख्य भूमिकामा छन् । फिल्म शुक्रबारदेखि रिलिज हुँदैछ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ