• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    वित्तीय संस्थाहरुको आतंक जारी, विहेको लागि ल्याएको ऋण तिर्न नसक्दा आत्महत्या

    1.8K
    SHARES

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ब्याज र ऋण असुलीका नाममा आतंक मच्चाइरहेका छन् । उनीहरुले मानिसहरुलाई आत्मदाह र आत्महत्याको बाटो रोज्न बाध्य पारिरहेका छन् ।

    वित्तीय संस्थाकै ऋणका कारण अहिलेसम्म एक दर्जन नागरिकले आत्महत्या गरिसकेका छन् । वित्तीय संस्थाहरुले गाली बेइजतको साथै सार्वजनिक रुपमा बदनाम गर्न थालेपछि आत्महत्याको बाटो रोज्न बाध्य हुनु परेको सुसाइट नोट पनि भेटिएका छन् ।

    नेपाल उद्योग संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर आतंककै कारण नागरिकले आत्महत्या गर्न बाध्य भइरहेको बताएका छन् ।

    यसैबीच पत्रिकामा सबै परिवारको फोटो प्रकाशित गर्ने धम्की दिएपछि विराटनगरका इलेक्ट्रिक पसल गर्दै आएका मोहनप्रसाद न्यौपानेले ‘सुसाइट नोट’ लेखेर आत्महत्या गरेका छन् ।

    प्रहरीका अनुसार उनले बुधबार आत्महत्या गरेका हुन् । आत्महत्या गरेको स्थानबाट प्रहरीले तीन पानाको सुसाइट नोट फेला पारेको सुसाइट नोटमा न्यौपानेले व्यवसायी प्रयोजनको लागि लिएको रकम समावेश गरिएको छ । नोटमा न्यौपानेले विभिन्न बैंक तथा वित्तीय संस्था र व्यक्तिहरुसँग लिएको रकम उल्लेख गरेका छन् ।

    प्रहरीका अनुसार मोहनप्रसादले ५७ वर्षिय न्यौपाने विराटनगर-३, पोखरीया स्थित आफ्नै घरको बाथरुममा बुधबार पासो लगाएर आत्महत्या गरेका थिए ।

    देशको आर्थिक अवस्था कमजोर भएसँगै व्यवसाय घट्दा पनि वित्तीय संस्थाहरुले ऋण असुलीको नाममा आतंक मच्चाएको आरोप लागिरहेकै बेला मोहनप्रसादले पनि आत्महत्या गरेका हुन् ।

    त्यसैगरी सप्तरी जिल्लाका छिन्नमस्ता गाउँपालिका घर भएका रामदेव मरिकले पनि ऋण तिर्न नसकेर आत्महत्या गरेका छन् । ग्लोबल आईएमई लघुवित्त र महुली लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि उनले आत्महत्या गरेको खुलेको छ ।

    संस्थाका कर्मचारीहरुको चर्को दवाव, गाली र धम्की दिइरहेका थिए । पाँच हजार रुपैयाँ ब्याज तिर्न नसक्दा मरिकले माघ १० गते आत्महत्याको बाटो राेजे ।

    वित्तीय संस्थाहरुले ब्याज तुरुन्त नतिरे सबै परिवारको फोटो पत्रिकामा प्रकाशित गरिदिने धम्की दिन थालेपछि सार्बजनिक बेइजत हुनेभन्दा आत्महत्याको बाटो रोजेको अनुसन्धान बाट खुलेको छ ।

    रामदेवका छोरा राज कुमार मरिकले बुवाले लघुवित्तबाट आफ्नो विहेको लागि ल्याएको ऋण तिर्न नसक्दा आत्महत्या गरेको स्वीकार गरेको बताइएको छ ।

    आत्महत्या गर्न बाध्य पार्ने महुली लघुवित्त र ग्लोबल आइएमई लघुवित्तका कर्मचारीविरुद्धमा आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउन माग उठिरहेको छ ।

    बैंक तथा वित्तीय संस्थाहरुले हालै सार्वजनिक गरेको विवरण अनुसार तीन महिनामा अरबको हिसाबले नाफा गरेका छन् । यति कमाउदा पनि ब्याज घटाउने भन्दा मिटरब्याजमा लगानी गर्न थालेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ