• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कलिउड

    चलचित्र विकास बोर्डले दुबईमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव गर्ने

    4.7K
    SHARES

    काठमाडौं । चलचित्र विकास बोर्डले यूएईको दुबईमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ । निजी क्षेत्रको सूर्य कर्पोरेसनसँग मिलेर बोर्डले पहिलोपटक विदेशमा कार्यक्रम गर्न लागेको हो । महोत्सव फागुन १ देखि ३ गतेसम्म हुनेछ ।

    बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष भुवन केसीले विदेशी बजारको खोजी गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताए । ‘नेपालीको उल्लेख्य उपस्थिति रहेको दुबईबाट हामीले अन्तर्राष्ट्रिय फेस्टिभलको थालनी गर्न लागेका छौं,’ उनले भने ।

    नेपालबाट नजिक पनि भएको र लागत पनि सस्तो पर्ने भएकाले दुबईलाई महोत्सवस्थलको रुपमा रोजिएको उनले बताएका हुन् । पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष केसी र सूर्य कर्पोरेसनका कार्यकारी अधिकृत वासुदेव लामिछानेले एमओयूमा हस्ताक्षर गरे ।

    डेढ करोड खर्च हुने महोत्सवको व्यवस्थापन कर्पोरेसनले गर्ने सहमति जुटेको छ । यसअघि उसले जापानमा दुईपटक अवार्ड गरिसकेको छ । ‘सरकारी संस्थासँग मिलेर काम गर्न पाउँदा हामी उत्साहित छौं,’ लामिछानेले भने ।

    महोत्सवमा भाग लिन ३५ जनाको टोली दुबई जाने भएको भएको छ । फेस्टिभलमा अरबी भाषामा नेपाली फिल्म देखाउनेसँगै यूएईका व्यवसायी र फिल्म निर्मातासँग अन्तरक्रिया कार्यक्रम समेत हुने जनाइएको छ ।

    नेपाललाई विदेशी फिल्म छायांकन केन्द्रको रुपमा स्थापना गर्नेदेखि नेपाली फिल्मलाई यूएईका हलमा नियमित प्रदर्शनको वातावरण बनाउन महोत्सव प्रभावकारी हुने बोर्सको आशा छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ