• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

गायिका जेरीले लिइन् शंकर क्षेत्रीसँग डिबोर्स

4K
SHARES



काठमाडौँ। गायिका बबिता बानियाँ ‘जेरी’ ले श्रीमान् गायक शंकर क्षेत्रीसँगको वैवाहिक सम्बन्ध टुङ्ग्याएकी छन् ।

दुबैले सहमतिमा औपचारिक रुपमै सम्बन्ध टुङ्ग्याएका हुन् । सम्बन्ध विच्छेदका लागि दुबैले काठमाडौं जिल्ला अदालतमा केही अगाडि निवेदन दिएका थिए ।

आज काठमाडौं जिल्ला अदालत पुगेर दुईले वैवाहिक सम्बन्ध आधिकारिक रुपमा टुङ्ग्याएको गायक तथा सञ्चारकर्मी कमल सरगमले बताए ।

करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका उनीहरूको एक छोरी रहेकी छिन् । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगन्जका हुन् ।

लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरूबीच गायनकै सिलसिलामा प्रेम बसेको थियो । छोरीको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ