• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बलिउड- हलिउडल

    आमिरकी आमालाई हृदयघात, ब्रीच क्यान्डी अस्पतालमा उपचार हुदैँ

    2.8K
    SHARES

    काठमाडौँ। आमिर खानकी आमा जीनतलाई हृदयघात भएको छ । उनको पाँचगनी घरमा अचानक हृदयघात हुँदा आमिर पनि उनीसँगै रहेका थिए ।   ​

    आमिरले तुरुन्तै आफ्नी आमालाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गराएका थिए । त्यसपछि उनी आमासँग अस्पतालमा बस्दै आएका छन् । आमिरको परिवारका अन्य सदस्य पनि अस्पताल आउँदै जाँदै गरिरहेका छन् ।

    आमिरकी आमाको स्वास्थ्यमा अहिले भने बिस्तारै सुधार भइरहेको स्रोतले बताएको छ । आमिर र उनका परिवारका सदस्यहरूले यो समाचार मिडियामा बढी नफैलियोस् भन्ने चाहेका थिए । ​

    आमिरले हालै फिल्म निर्माता करण जोहरको च्याट शो कफी विथ करणमा आफ्नो व्यस्त कार्य तालिकाका कारण आफ्नो परिवारलाई धेरै समय दिन नसक्ने र आफ्नो जीवनमा यो कुरा नै सबैभन्दा बढी पश्चातापको विषय भएको बताएका थिए ।

    आमिरले आफ्नो जीवनमा सम्बन्धको महत्व धेरै हुने भएकाले आफू आमा र छोराछोरीलाई अधिकतम समय दिन चाहेको बताएका थिए । आमिर आफ्नो फिल्म लाल सिंह चड्डाको प्रमोशनका लागि शोमा पुगेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ