• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    नेकपाको चितवन राष्ट्रिय भेलामा कञ्चनले पेस गरे यस्ताे राजनीतिक प्रतिवेदन, आज के-के हुँदैछ ?

    7.2K
    SHARES



    भरतपुर । बुधबारदेखि चितवनमा सुरु भएको नेकपाको विशेष राष्ट्रिय भेला आज पनि जारी छ । भेलामा सहभागी प्रतिनिधिहरुले पार्टी संयोजक कञ्चनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समुहगत छलफल गरिरहेका छन् ।

    आज १० बजेपछि टोली नेताहरुले समुहगत छलफलको निष्कर्ष राख्नेछन भने त्यो क्रम सकिएपछि संयोजक कञ्चनले छलफलका क्रममा उठेका बिषयहरुको जवाफ दिनेछन् ।

    राजनीतिक प्रतिवेदनमाथि छफलफ गर्न भेलामा सहभागी प्रतिनिधिहरुलाई १३ समूहमा बिभाजन गरिएको भेला आयोजक समितिले सञ्चारकेन्द्रलाई जानकारी दिएको छ । नेकपा बहुमतको तर्फबाट कञ्चनले भेलामा एकीकृत जनयुद्धको कार्यनीतिसहितको राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

    प्रतिवेदनमा राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, सम्बृद्धि र स्वाधिनता, स्वाधीन संयुक्त सरकारको स्थापना, जनसंघर्षबाट बनेको जनदवाव, जनदवावबाट संयुक्त सरकार निर्माण र संसदीय व्यवस्थाको अन्त्य अनि वैज्ञानिक समाजवादको स्थापना, निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, निर्वाचित व्यवस्थापिकाको काम कानुन र न्याय मात्रै बनाउने, न्यायपालिका समेत जननिर्वाचित हुने, हरेक नागरिकलाई जन्मसिद्ध जमिनको मालिक बनाउने लगायतका बिषयहरु समेटिएका छन् ।

    त्यस्तै विप्लव-प्रकाण्डमा सहायक कुरालाई प्रमुख बनाउने र प्रमुख कुरालाई सहायक बनाउने प्रवृत्ति हावी भएको दस्तावेजमा उल्लेख छ ।  चुनावमा नजाने शिवगढी बैठकको निर्णय प्रमुख हुँदाहुँदै पनि स्वतन्त्र उम्मेदवारलाई सघाउने सहायक निर्णयको जगमा टेकेर विप्लव-प्रकाण्ड चुनावमा होमिएको आरोप प्रतिवेदनमा लगाइएको छ ।

    त्यस्तै प्रतिवदनमा विप्लव दार्शनिक रुपले सारसङ्ग्रहवादी, राजनीतिक रुपमा संसदीय संशोधनवादी, सङ्गठनात्मक रुपमा निषेधात्मक अधिभूतवादी र विसर्जनवादी, धुर्बिकरणको साँटो आफ्नै पार्टी क्षयीकरण, सङ्घर्षका दृष्टिले आत्मसुरक्षावादी र आर्थिक दृष्टिले जुझारु अर्थवादी हुँदै क्रान्तिलाई विसर्जन गर्ने बाटोमा लागेको उल्लेख छ ।

    आज उक्त राजनीतिक प्रतिवेदन पेस भए भोलि राजनीतिक संघर्ष, सांगठानिक संरचना, पार्टी बिभाग र जबस मोर्चाहरुको बारेमा खाका प्रस्तुत हुनेछ । त्यसपछि कार्यदिशा र प्रस्तावहरुको एजेण्डाका बारेमा छलफल गरेर भेला सकिने आयोजक समितिले सञ्चारकेन्द्रलाई बतायो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ