• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    कुमार पौडेल ह त्या प्रकरण- आमाले गरिन यी १० जनाविरुद्ध किटानी जाहेरी दर्ता

    6K
    SHARES

    काठमाडाैं । दुई वर्षअघि प्रहरीले नियन्त्रणमा लिएर ह त्या गरेका तत्कालिन नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलका परिवारले १० जनाबिरुद्ध किटानी जाहेरी दर्ता गरेको छ ।  जिल्ला न्यायाधिवक्ता रिद्धिराज निरौलाको रोहवरमा कुमारकी आमा दुर्गादेवी पौडेलले दिएको जाहेरी सनाखत गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी सन्तोष सिंह राठौरले बताएका छन्  ।

    सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलले असोज ११ मा ‘जाहेरी दर्ता गरेर अदालतलाई जानकारी गराउनु’ भन्ने आदेश गरेका थिए । २०७६ असार ५ मा सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखन्देही जंगल नजिक प्रहरीले नियन्त्रमा लिएर उनलाई गोली हानी ह त्या गरेको थियो । तत्कालिन अवस्थामा उनी दोहोरो भि डन्तमा मारिएको भन्दै प्रहरीले दावी गरे पनि संचारकेन्द्र डटकमले घटनास्थलको ताजा तस्विर ब्रेक गरेर ह त्या भएकाे समाचार प्रकाशन गरेको थियो ।

    संचारकेन्द्रले सार्वजनिक गरेको उक्त तस्विरमा पौडेललाई यातना दिएर, हात समेत ३ ठाउँमा भाँचेर गो ली हानेको प्रष्ट देखिन्छ । सोहि तस्विर सार्वजनिक भएपछि घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले पनि अनुसन्धान गरेको थियो । आयोगले २०७६ कार्तिक ४ मा प्रतिवेदनसहित घटनामा संलग्नहरूलाई कारवाही गर्न सरकारलाई सिफारिस गरेको थियो । तर, तत्कालीन केपी शर्माओली नेतृत्वको सरकारले सो सिफारिसलाई बेवास्ता गरेको थियो ।

    प्रहरीले अहिले पनि सो घटनालाई ‘इन्काउन्टर’ गरिएको जिकिर गर्दै आएको छ । हुलाकबाट पठाएको जाहेरी दर्ता नगरेको भन्दै कुमारकी आमा दुर्गादेवी पौडेलले २०७७ मंसिर १२ मा सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

    २०७६ माघ २३ मा सर्लाहीका तत्कालिन एसपी विश्वमणि पोखरेल र सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुख प्रकाश कोइरालाले जाहेरी नलिएपछि दुर्गादेवीले २०७६ माघ २४ मा हुलाकबाट जाहेरी पठाएकी थिइन् । सो जाहेरी प्रहरीले सनाखत गर्न अस्वीकार गरेपछि दुर्गादेवी पौडेलले सर्वोच्चको ढोका ढकढक्याएकी हुन् । हुलाकबाट पठाएको जाहेरी जिल्ला न्यायाधिवक्ताको रोहबरमा निवेदीका बाट सनाखत गराउन न्यायाधीश सिन्हा र फुयाँलले आदेश गरेका थिए

    १० जनाविरुद्ध किटानी

    आफ्नो छोराको गैह्रन्यायिक ह’त्या गरिएको भन्दै दुर्गादेवीले १० जनालाई विपक्षी बनाएर हुलाकबाट जाहेरी पठाएकी थिइन् । सो जाहेरी न्यायाधिवक्ताको रोहबरमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले निवेदीकाबाट सनाखत गराएको छ ।

    सर्लाहीका तत्कालिन सीडीओ कृष्णबहादुर राउत, एसपी गोपालचन्द्र भट्टराई, प्रदेश–२ का तत्कालीन डिआइजी हरिबहादुर पाल, इप्रका लालबन्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपाने, इप्रका नवलपुरका सई सूर्य कुमार कार्की र जिल्ला अस्पतालमा सर्लाहीका डा. वीरेन्द्रकुमार मण्डल विरुद्ध किटानी जाहेरी दिइएको छ ।

    प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत हवल्दारहरु सत्यनारायण मिश्र र विनोद शाह तथा इन्सपेक्टर कृष्णदेव प्रसाद शाह (केडी) बिरुद्ध पनि किटानी जाहेरी दिइएको छ । पीडित पक्षले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई पनि योजनामा संलग्न भएको जिकिर गरेका छन् ।

    इन्काउन्टर हुँदा गृहमन्त्री थिए रामबहादुर थापा ‘बादल’ । सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक थिए । गृहमन्त्री र आइजीपीको योजनामा आफ्ना छोरालाई कब्जामा लिएर ‘हत्या’ गरिएको दुर्गादेवीले दाबी गरेकी छिन् । इन्सपेक्टर कृष्णदेवप्रसाद शाह नेतृत्वको टोलीले हानेको गोलीबाट कुमार पौडेलको ज्यान गएको थियो ।

    तत्कालीन आइजीपी खनालले प्रहरी हेडक्वार्टरमा कार्यरत इन्सपेक्टर शाह, हवल्दार सत्यनारायण मिश्र र विनोद शाहलाई खटाएर ह त्या गरेको पीडितको आरोप छ ।

    घटनाबारे गृहमन्त्री रामबहादुर थापाले संसदमा दिएको जवाफ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दिएको प्रतिक्रिया समेतका आधारमा उनीहरुमाथि पनि अनुसन्धान हुनुपर्ने दुर्गादेवीले जिकिर गरेकी छिन् । अनुसन्धान अधिकृत तोकेर घटनाबारे अनुसन्धान शुरु गरिने एसपी राठौरले बताए । उनले भने–‘अनुसन्धान प्रक्रिया अघि बढेको छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया