• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    टिप्स

    महिनावारीमा देखिने रगतको फरक रङको संकेत र कारण के हो ?

    9.2K
    SHARES

    हरेक किशोरीहरुमा एउटा उमेरपछि महिनावारी चक्र सुरु हुन्छ । महिनावरी चक्र सुरु भएपछि किशोरीहरुमा विभिन्न परिवर्तहरु आउँछन् । कुनै–कुनै किशोरीहरुमा पीडा र चिडचिडापन पनि हुन्छ । महिनावारी हरेक महिना हुन्छ । महिनावारी सही समयमा हुनुलाई स्वस्थ हुनुको प्रतिक मानिन्छ ।

    महिनावारी चक्र हरेक २५ देखि २८ दिनभित्र पूरा हुन्छ । सामान्यतयाः महिनावारीको समयमा रातो रगत बग्छ । महिवारीमा शरीरभित्र भएको फोहोर रगत बाहिर जाने भएकाले यसको रङ रातो हुन्छ । तर, कहिलेकाँही यसको रङमा परिवर्तन आउन सक्छ । जस्तै, कालो, गुलाबी र हल्का खैरो रङको रगत देखिन सक्छ । महिनावारीको समयमा देखिने रगतको रङले महिलाको स्वास्थ्यको बारेमा विभिन्न संकेत गरिरहेको हुन्छ ।

    चम्किलो रातो
    चम्किलो रातो रङको रगत आउनु भनेको गर्भासयमा छिटो छिटो बनेको रगत भन्ने बुझिन्छ । यसले ‘फेर्टाइल पीरियड’ को पनि संकेत गर्छ । यस्तो अवस्थामा रगतको प्रवाह थोरै दिन मात्र हुन्छ । वा धेरै दिनसम्म पनि हुन्छ । महिनावारीको समयमा यस्तो भइरहेको अवस्थामा हेमोग्लोबिन र थाइराइडको जाँच गराउनु उपयुक्त हुन्छ ।

    गाढा रातो
    यो रगत देखिनु भनेको गर्भासयमा लामोसमयसम्म बनेर बसेको रगत भन्ने बुझिन्छ । गर्भासयमा लामो समयदेखि बनेर बसेको भएपनि महिनावारी हुन लामो समय लागेको कारण रगत गाढा भएको हो । यो अवस्थामा बिहान धेरै रगत देखिन्छ । यसलाई सामान्य मानिन्छ । यस्तो अवस्थामा दिनभर पनि रगत बगिरहेमा हर्मोनल असन्तुलन भएको बुझ्नु पर्छ ।

    खैरो वा कालो
    खैरो वा कालो रङको रगत देखिनु भनेको एकदमै पुरानो रगत गर्भासयमा जम्मा भएको भन्ने बुझिन्छ । महिनावारी चक्रको अन्ततिर यस्तो रगत देखिन्छ । यसमा सामान्य मानिन्छ । तर, महिनावारी गडबढी छ वा बारम्बार रगत देखा पर्छ भने तुरुन्तै चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ । महिलाहरुमा कालो रगत फाइब्रोइड र गम्भीर एन्डोमेट्रोसिसको संकेत पनि हुन सक्छ ।

    गुलाबी
    यस्तो रङको रगत देखिनु एनिमिया, असन्तुलित आहार, शरीरमा पोषक तत्वको कमि आदि कारण हुन सक्छन् । यसमा साथै, महिलाहरुको प्रजनन प्रणालीमा अक्सिजनको प्रवाह कम हुनु पनि हो ।

    हल्का निलो
    महिनावारीको समयमा हल्का निलो रङको रगत देखापर्नुको कारण शरीरमा तापक्रमको कमि हुनु हो । शरीरमा तापक्रमको मात्रा कम भएमा रगत जम्ने भएकाले यस्तो रगत देखिने गर्छ ।

    सुन्तला रङ- रातो रङको रगतसँगै सुन्तला रङको रगत देखिनु भनेको संक्रमणको संकेत हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया