• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    अन्तरिम सरकारका मन्त्री पहिलो पटक संसदीय बैठकमा

    154
    SHARES



    काठमाडौँ । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा अन्तरिम सरकारका मन्त्री पहिलो पटक सहभागी भएका छन्।

    भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।

    आज बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति बैठकमा अन्तरिम सरकारका मन्त्री सहभागी भएका हुन्। सिंहदरबारमा शुक्रबार बसेको बैठकमा कानुन मन्त्री अनिलकुमार सिन्हा सहभागी छन्।

    बैठकको कार्यसूचीमा भदौ ३१ गते अधिवेशन अन्त्य भएको र त्यसको ६ महिना फागुन ३० गते पुग्ने विषय छ।

    यस्तै अधिवेशनगत समीक्षा, राष्ट्रिय सभाको दुई वर्षे पुस्तक प्रकाशन, समिति कामकारबाही, विधेयकको वर्तमान अवस्थालगायत कार्यसूची छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ