काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मंसिर २४ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव भएको छ । केन्द्रीय सदस्य मधु आचार्यले विशेष महाधिवेशनको मितिको प्रस्ताव प्रस्तुत गरेका हुन् ।
शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले आज कात्तिकको २१ गते भइसकेको भन्दै छोटो समयमा अधिवेशन सम्पन्न गर्नेगरी प्रस्ताव प्रस्तुत गरेको जानकारी दिए ।
सहमहामन्त्री महेन्द्र यादवले पनि बैठकमा महामन्त्रीलाई काउन्टर दिन महाधिवेशन कार्यतालिका ल्याएको प्रति इंगित गर्दै उनले आफूले विशेष महाधिवेशनको प्रस्ताव प्रस्तुत गरेको पनि बताए ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । त्यसैलाई टेकेर विशेष महाधिवेशन गर्न सकिने आचार्यको भनाइ थियो ।
चुनावको सम्मुखमा छोटो समयमा अधिवेशन सम्पन्न गर्नु पर्ने चाप पार्टीमा रहेको भनाइ उनको थियो ।
प्रतिक्रिया