• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    विप्लवको नेकपा विभाजन: मिलनको नेतृत्वमा ७५ सदस्यीय नयाँ केन्द्रीय समिति चयन

    4.1K
    SHARES



    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको छ। महासचिव विप्लवले क्रान्तिकारी कम्युनिष्ट पार्टीसँगको एकताभन्दा जेन्जी आन्दोलनबाट सत्ता बाहिर परेको एमालेसँग निकटता देखाएपछि पार्टीका केही केन्द्रीय सदस्यले राष्ट्रिय भेला गरेर पार्टी पुनर्गठन गरेको नयाँ महासचिव चिरन पुन ‘मिलन’ले जानकारी दिएका छन्।

    काठमाडौंमा आज सम्पन्न राष्ट्रिय भेलाले मिलन सीलाई सर्वसम्मत महासचिव चयन गरेको छ। केन्द्रीय सदस्य शरद सीका अनुसार, पार्टी नेतृत्वले संसदीय राजनीतिमा १२ वर्षसम्म आउँदै, क्रान्तिकारी कम्युनिष्ट पार्टीभन्दा पनि एमालेलगायतका पार्टीसँग निकटता देखाएपछि राष्ट्रिय भेला आयोजना गरिएको हो।

    पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको म्याण्डेटविपरीत नेतृत्व अगाडि बढेपछि विभाजनलाई औपचारिकता दिइएको शरदले बताए। उनले दावी गरे कि नयाँ संरचनासँग पार्टीका बहुमत केन्द्रीय सदस्यको समर्थन छ। भोलि काठमाडौंमा पत्रकार सम्मेलनमार्फत थप जानकारी सार्वजनिक गरिने तयारी गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ