• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली टिप्स

    सपनामा मृतकलाई देख्नु वा नग्न हुनुको अर्थ के ? निद्राको कहानीमा लुकेका हुन्छन् यस्ता अर्थ

    21.5K
    SHARES

    हरेक व्यक्ति सपना देख्छन् । निद्रामा हरेकको कहानी भिन्न र नीजि हुन्छन् जुन स्मृति, कल्पना र भावनाका टुक्रासहित सिर्जित हुन्छन् । यो विषयमा विशेषज्ञको पनि रोचक धारणा छ । हामी सपना किन देख्छौँ र यी सपनाको अर्थ के हुन् ? यसलाई स्पष्ट रुपमा बुझ्न थोरै गाह्रो पनि छ ।

    सन् २०१५ मा चीन र जर्मनीका विद्यार्थीमाथि भएको एक शोधमा सबैभन्दा धेरै सपना स्कुल, शिक्षक र पढाईलेखाई सम्बन्धि नै देखिने गरेको बताइएको छ । शोधमा भाग लिने सबै शिक्षासँग जोडिएका थिए । त्यसैले उनीहरुको सपनाको यसको अनुभव पहिलादेखि नै थियो ।

    यसैगरी सन् २०२१ मा इटलीका मानिसमाथि गरिएको शोधमा पत्ता लागे अनुसार लकडाउनका बेला रोग फैलने डरससँग जोडिएको सपना बारम्बार देखिने समस्या बढेको थियो । भर्जिनियास्थित ‘चार्लोट्टेस्विल्ले न्यूरोलोजी एन्ड स्लिप मेडिसिन’ का अध्यक्ष र ‘द स्लिप सोल्युशन’ तथा ‘द रेस्टेड चाइल्ड’ जस्ता किताबका लेखक डब्ल्यू क्रिस्टोफर विन्टरका अनुसार सपनाको व्याख्याको कुनै वैज्ञानिक प्रमाण छैन तर पनि यी व्याख्यामा अत्यधिक रुपमा स्वीकार गरिसकिएको छ ।

    कसैलाई पछ्याउनु :
    यदि तपाईंले सपनालाई कसैलाई पछ्याइरहेको देख्नुभएको छ भने तपाईं कुनै मुद्दा वा कुनै व्यक्तिबाट बच्ने कोसिस गरिरहनुभएको छ, जसले तपाईंलाई हानी पुर्याउन सक्छ ।

    डराउनुः
    यदि तपाईं सपनामा भयभीत हुनुहुन्छ भने कुनै स्थिति तपाईंको नियन्त्रण बाहिर छ ।

    स्कुलमा हुनुः
    यस्तो सपनाको अर्थ तपाईंका केही मुद्दा सुल्झिएका छैनन् । सायद तपाईंले आशा गरे अनुसार प्रतिफल आएको छैन वा तपाईं कुनै महत्त्वपूर्ण चिजका लागि तयार हुनुहुन्नँ ।

    ढिला हुनुः
    विमान, बसभित्र भीडमा फस्नु, कुनै राम्रो अवसर हातबाट निस्किएको संकेत हो । यो आशा गरे अनुसारको प्रतिफल नआउने हो कि भन्ने डर वा सामान्य असुरक्षासँग पनि जोडिएको हुनसक्छ ।

    काममा तनावः
    यस्ता सपनाले वास्तवमा एक प्रोफेशनल सिचुएशनसँग जोडिएको चिन्तालाई दर्साउँछ । सायद तपाईं कुनै ठूलो प्रेजेन्टेशन असफल हुने हो कि वा त्यसको डेडलाइनको विषयमा चिन्तित हुनुहुन्छ ।

    दाँत झर्नुः
    दाँत झर्नु, हड्डी भाँच्च्निु वा अन्य स्वास्थ्य समस्याको अनुभव धेरैजसो कुनै ठूलो व्यक्तिगत हानीलाई दर्साउँछ । यसले आगामी परिवर्तनसँग जोडिएको चिन्तालाई पनि उजागर गरेको हुनसक्छ ।

    निधन भइसकेको व्यक्तिलाई देख्नुः
    सपनामा निधन भइसकेका व्यक्तिलाई देख्नुको अर्थ तपाईं ती व्यक्तिबारे के सोच्नुहुन्छ भन्ने कुरामा निर्भर हुन्छ । यदि ती व्यक्ति तपाईंसँग असाध्यै नजिक थिए भने तपाईं अहिले पनि शोकमा डुबिरहनुभएको छ भन्ने संकेत हो । यदि सपना डरलाग्दो वा चोट पुर्याउने खालका छन् भने बुझ्नुहोस् कि तपाईं अहिले पनि ती भावनाबाट गुज्रिरहनुभएको छ ।

    यौन सम्बन्ध स्थापित गर्नुः
    यस्ता सपना निकै सामान्य छन् र यो यौन उत्तेजना वा अंतरंगी सम्बन्धको संकेत हुनसक्छ ।

    नग्न हुनुः
    यस्ता खालका सपना असुरक्षा, आलोचना वा जज गरिनेससँग जोडिएको हुनसक्छ । विशेषगरी जब सपनामा तपाईं वरिपरिका मानिसले पूरा कपडा लगाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ