• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    क्रान्तिकारी पत्रकार संगठनबाट महासंघमा २ दर्जन बढी निर्वाचित

    7.2K
    SHARES

    काठमाडौं । गत २०७७ चैत्र २५ गते सम्पन्न नेपाल पत्रकार महासंगको निर्वाचनमा क्रान्तिकारी पत्रकार संगठन्, नेपालका तर्फबाट देशैभरी २ दर्जन बढी निर्वाचित भएका छन् । आईतबार महासंघ उपत्यका प्रदेश परिषदमा निर्वाचित हुने उम्मेद्वारहरुलाई प्रमाण पत्र वितरण गरेसँगै देशभरबाट संगठनका तर्फबाट विजयी भएको संख्या संगठनले सार्बजनिक गरेको छ ।

    महासंघ केन्द्रीय कार्यालयको हलमा एक कार्यक्रमका बीच महासंघका केन्द्रीय उपाध्यक्ष रमेश विष्टको प्रमुख आतित्थ्यतामा परिषद सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

    संगठनका तर्फबाट निर्वाचित सदस्यहरु धनन्जय बुढा, सुरज प्याकुरेल, प्रदिप नेपाली, दिपकबहादुर बुढाले प्रमाण पत्र ग्रहण गरेका थिए । अन्य प्रदेश र जिल्लाहरुमा निर्वाचनको नतिजा सार्बजनिक भएक लगत्तै प्रमाण पत्र वितरण गरिए पनि उपत्यका प्रदेशमा भने कोरोना प्रकोप लगायतको प्राविधिक कारणले प्रमाण पत्र वितरण कार्य ढिलो भएको महासंघले जनाएको छ ।

    प्रमाण पत्र वितरण कार्यक्रमलाई उपाध्यक्ष विष्टले सम्बोधन गर्दै नेपाली पत्रकार जगत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर लडिरहने बताए । त्यसैगरी निर्वाचन समिति सम्योजक इश्वरी वाग्लेले महासंघको निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

    पत्रकार महासंका केन्द्रीय सदस्य तथा काठमाडौं साखा पूर्व अध्यक्ष सान्ताराम विडारीले साना तथा स्वरोजगार मिडियाहरुको रक्षाको निम्ति समानुपातिक विज्ञापन प्रणालीलाई अभिलम्ब लागु गर्न सरकारसँग माग गरे । काठमाडौं साखा अध्यक्ष सूर्य सुबेदीले देशकै सबैभन्दा ठूलो साखा काठमाडौं रहेको र साखाले श्रमजीवीहरुको हक हितका निम्ति विगतदेखि नै उल्लेख्य कार्य गर्दै आएको र आफ्नो कार्य कालमा अझ बढी काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ